Time

January 10, 2018

महेश बर्तौलालाई मार्न खोजेको अनेरा स्ववियुको आरोप, काठमाडौंका तीन प्रहरीमाथि कारवाही माग

काठमाडौँ, २५ पुस । पेट्रोलियम पदार्थको मूल्यबृद्धिको विरुद्धमा अनेरास्ववियुले आयोजना गरेको विरोध प्रदर्शनको क्रममा निर्मम दमन गर्ने प्रहरीमाथि कारवाही गर्दै राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दिइएको छ । अनेरास्ववियुको आयोजना भएको शान्तिपूर्ण प्रदर्शनमा काठमाडौं प्रहरी प्रमुख रविन्द्र घानुकको आदेशमा प्रहरीले निर्मम दमन गरेको अनेरा स्ववियुको आरोप छ । सो दमनमा अनेरास्ववियुका नेता महेश बर्तौलाको टाउको फुटेको थियो । उनी अझै निको भइसकेका छैनन् ।
अनेरास्ववियुले मानव अधिकार आयोगमा दर्ता गराएको उजुरीमा प्रहरी नायब उपरिक्षक तिलक भारति, महानगरिय प्रहरी बृत दरवार मार्ग, प्रहरी निरिक्षक, निशान थापा, महानगरिय प्रहरी बृत दरवार मार्ग, प्र.ना.उ. कुलदिप चन्द , महानगरिय प्रहरी बृत, कमलपोखरीलाई मुख्य दोषी ठहर गर्दै मानव अधिकार हनन् गरेको अभियोगमा आवश्यक कारवाहीको माग गरिएको छ ।
‘उपरोक्त सम्बन्धमा हामी निबेदकहरुलाई तपसिलमा उल्लेखित बिपक्षीहरुले अन्याय गरि हाम्रो मानब अधिकारको हनन् गरि अन्याय गर्नु भएकाले अन्यायको व्यहोरा निम्न प्रकरण प्रकरणहरुमा खुलाई राष्ट्रिय मानब अधिकार ऐन, २०६८ को दफा १० वमोजिम प्रस्तुत निबेदन लिई उपस्थित भएका छौं । हामीहरु उपर भएको अन्यायको क्षतिपुर्ति दिलाई भराई दोषिहरु उपर बिभागिय कारवाही तथा सजाय गरि पाउँ भनि संयूक्त रुपमा यो निबेदन पेश गरेका छौं ।’ उजुरीमा भनिएको छ, ‘नेपाल सरकारवाट भएको पेट्रोलियम पर्दाथको मुल्य बृद्धि सन्दर्भमा मिति २०७४ साल पौष १८ गतेका दिन काठमाण्डौंको रत्नपार्कमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिधार्थी युनियनद्वारा आयोजित बिरोध सभामा युनियनका नेता कार्यकर्ताहरु भेला भई आफनो भनाई राखिरहँदा करिब दिउँसो २ः३० बजेको समयमा बिपक्षी अन्यायीहरु र तिनीहरुका संग साथमा आएका अन्य प्रहरी कर्मचारीहरुव्दारा अन्धाधुन्ध अश्रु ग्याँस, लाठी चार्ज गरि तितरबितर गरि जथाभाबि गिरपmतार गरि नियन्त्रणमा लिई यातना दिने कार्य गरी हामी नागरिकलाई नेपालको संबिधान ,२०७२ को धारा १७ को उपधारा २ को खण्ड क र ख व्दारा प्राप्त मौलिक हक “प्रत्येक नागरिकालाई बिचार तथा अभिव्यक्तिको स्वतन्त्रता र बिना हातहतियार शान्ति पुर्बक भेला हुने स्वतन्त्रता’’ बमोजिम हामी निबेदक लगायतका बिद्यार्थीहरु बिना हात हतियार शान्ति पुर्बक भेला भई शान्ति पुर्बक कार्यक्रम गरिरहेको अवस्थामा प्रहरी ऐन, नियमावली बिपरित जथाभााबी र अत्याधिक बल प्रयोग गरि आफनो नियन्त्रणमा राखी हामी निबेदक लगायतका अन्य विद्यार्थीहरुलाई निर्घात रुपमा कुटपिट गरि यातना दिएका थिए ।’
अनेरास्ववियुले घटना संलग्नलाई गम्भिर मानव अधिकार हनन्मा दोषी ठहर गर्दै विभागिय कारवाहीको लागि माग समेत गरेको छ । साथै सो संगठनले आफ्ना नेता महेश बर्तौलाको प्रहरीले हत्या गर्ने नियोजित योजनासाथ आक्रमण गराएको ठहर गर्दै राष्ट्रिय मानव अधिकार आयोग गुहारेको जनाएको छ । उजुरीमा भनिएको छ, ‘नेपालको संबिधान २०७२ को धारा २२ ले “ पक्राउमा परेका वा थुनामा रहेका व्यक्तिलाई शारिरिक वा मानसिक यातना दिइने छैन र निज संग निर्मम, अमानबिय र अपमानजनक व्यबहार गरिने छैन र त्यस्तो पिडित व्यक्तिलाई क्षतिपुर्तिको हक हुने’ भनि यातना बिरुद्धको हकको व्यबस्था गरेको छ । बिपक्षी अन्यायीहरुले हामी निबेदकलाई पक्राउ गरि आफनो नियन्त्रणमा लिई सके पश्चात लगातार लाठी, बुट र मुक्काले प्रहार गरि रहे । निबेदक मध्येका म महेश बर्तौलालाई मार्ने सम्मको उदेश्य राखी लगातार टाउकोमा प्रहार गरि रहेका थिए भने म ऐन महरलाई बुटले किल्चीने मुक्का प्रहार गर्ने कार्य गरेका थिए । यसै गरि निबेदक मध्ये म शेखर बोहरालाई बिपक्षीहरु लगायत अन्य ४,५ जनाले लगातार लौरो र बुटले शरिरका बिभिन्न भागमा प्रहार गर्ने लछार्ने पछार्ने गरि यातना दिएका थिए । हामी निबेदक तिनै जनाको हाल काठमाण्डौं मोडल अस्पतालमा उपचार भई रहेको र यातनाका कारण हामीलाई शारिरिक तथा मानसिक रुपमा असर परेको अवगत गराउँदछौं ।’

0 comments:

Post a Comment