Time

January 11, 2018

तराईमा अझै केही दिन हुस्सु र शीतलहर : अहिलेसम्म २३ जनाको मृत्यु

विगत केहिदिनदेखी बढेको चिसोका कारण तराई लगाएत देशभरको जनजिवन कष्टकर वनेको छ । चिसो र बाक्लो हुस्सुले मौसम प्रतिकूल हुँदा स्थानीयवासी ठाउँठाउँमा आगो तापेर जाडो छल्ने प्रयास गरिरहेका छन् । तराईमा लागिरहेको बाक्लो हुस्सु र शीतलहर हट्न अझै केही दिन लाग्ने भएको छ ।
केही दिनअघिको तुलनामा बाक्लो हुस्सु लाग्ने क्रम कम हुँदै गए पनि पूर्ण रुपमा हट्न समय लाग्ने भएको हो । डिसेम्बरको अन्तिमदेखि जनवरीको अन्तिम हप्तासम्म शीतलहर हुने समय भएकाले अझै केही दिन बाक्लो हुस्सु लाग्ने मौसमविद वरुण पौडेलले बताउनुभयो ।अहिलेको हुस्सु हट्न कि पानी पर्नुपर्ने कि बेगले हावा चल्नुपर्ने भए पनि हप्तादिनको बिचमा हावा चल्ने वा पानी पर्ने कुनै सम्भावना नरहेको उहाँले बताउनुभयो ।
बिहानको समयमा बाक्लो हुस्सु लागेपनि दिउँसो पख खुल्ने जाने तर चिसो भने नहट्ने मौसमविदले अनुमान गरेका छन् । शीतलहरले तराईमा अहिलेसम्म २३ जनाको मृत्यु भईसकेको छ भने उपत्यकामा तीन वर्षयताकै चिसो महसुस भएको छ । सन् २०१५ मा काठमाडौंको न्यूनतम तापक्रम शून्य डिग्री सेल्सियससम्म पुगेको थियो ।
तीन वर्षपछि पुनः उपत्यकाको न्यूनतम तापक्रम शून्य डिग्रीमा झरेको हो । गत वर्ष उपत्यकामा न्यूनतम तापक्रम शून्य दशमलव ४ डिग्रीसम्म पुगेको थियो । उपत्यकामा सन् १९७८ मा न्यूनतम तापक्रम माइनस ३ दशमलव ५ डिग्रीसम्म पुगेको इतिहास छ ।

0 comments:

Post a Comment