This is default featured slide 1 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.

This is default featured slide 2 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.

This is default featured slide 3 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.

This is default featured slide 4 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.

This is default featured slide 5 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.

Time

March 26, 2018

उखुको न्यूनतम समर्थन मूल्य सिफारिस प्रतिक्वीन्टल ५ सय ३६ रुपैयाँ ५६ पैसा

उखुको न्यूनतम समर्थन मूल्य सिफारिस
प्रतिक्वीन्टल ५ सय ३६ रुपैयाँ ५६ पैसालामो विवादपछि कृषि, भूमिसुधार तथा सहकारी मन्त्रालयले उखुको न्यूनतम समर्थन मूल्य सिफारिस गरेको छ ।


कृषि सचिवको संयोकजत्वमा उद्योग, वाणिज्य तथा आपूर्ति र अर्थ मन्त्रालयका प्रतिनिधिसहितको समितिले उखुको न्यूनतम समर्थन मूल्य तोकेको हो । स्रोतका अनुसार उक्त समितिले प्रतिक्वीन्टल उखुको मूल्य पाँच सय ३६ रुपैयाँ ५६ पैसा सिफारिस गरेको छ ।
गत मंसिरमै मूल्य तोक्नुपर्ने भए पनि चुनाव, चिनीको भन्सार बढाउनुपर्ने व्यवसायीको माग लगायतका कारण ढिलाइ हुँदै आएको थियो ।
कृषि मन्त्रालयका अनुसार उत्पादन लागत, २० प्रतिशत नाफा, कर लगायतलाई आधार लिएर उक्त न्यूनतम समर्थन मूल्य तोकिएको हो ।
यसका लागि मन्त्रालयले विभिन्न चरणमा किसान र उद्योगीसँग छलफल गरेको थियो । मन्त्रालयले सिफारिस गरेको प्रतिक्वीन्टल न्यूनतम समर्थन अहिलेको भन्दा पाँच रुपैयाँ बढी हो ।
हालसम्म यस्तो समर्थन मूल्य प्रतिक्वीन्टल पाँच सय ३१ रुपैयाँ छ ।
कृषि मन्त्रालयका अनुसार उक्त न्यूनतम समर्थन मूल्यमा किसानको सहमति रहे पनि उद्योगीले भने चिनीको भन्सार महसुल नबढाएसम्म सरकारको निर्णय नमान्ने बताएका छन् ।
कम भन्सार दरका कारण आयातीत चिनी सस्तो हुँदा स्वदेशी उद्योग मारमा परेको भन्दै उद्योगीले चिनीको भन्सार ५० प्रतिशत पुर्‍याउनुपर्ने माग गर्दै आएका छन् ।
उद्योगीको उक्त मागका सम्बन्धमा अध्ययन गरी भन्सार महसुल बढाउने सम्बन्धमा निर्णय गर्न अर्थ मन्त्रालयले समिति नै गठन गरे पनि हालसम्म उक्त समितिले ठोस निर्णय गरिसकेको छैन ।
कृषि मन्त्रालयले गरेको सिफरिस बमोजिम त्यसको प्रस्ताव मन्त्रिपरिषदमा पठाउने तयारी उद्योग मन्त्रालयले गरेको छ । मन्त्रिपरिषद्ले स्वीकृत गरेपछि यो निर्णय लागू हुनेछ ।

March 9, 2018

बाराको कोल्हवीमा आजदेखि ३ दिने माछा महोत्सव शुरु


अनिल प्रित ÷२५ कोल्हवी बारा
माछा व्यवसायी संघ बाराको आयोजनामा आजदेखि ३ दिने माछा महोत्सव बाराको कोल्हवीमा शुरु भएको छ ।
महोत्सवको आज एक कार्यक्रमकाबिच कोल्हवी नगरपालिकाका नगर प्रमुख भरतबहादुर भण्डारीले उद्घाटन गर्नुभयो । महोत्सवको उद्घाटन गर्दे भण्डारीले कोल्हवीलाई समृद्ध नगरपालिका बनाउने प्रतिवद्धता समेत जनाउनुभयो । ‘यहा गर्नुपर्ने धेरै कुराहरु छन , कृषिको हिसावले पनि गर्नुपर्ने धेरै छ, यी सबैलाई समेटेर कोल्हवीलाई समृद्ध बनाउनेतिर मेरो ध्यान जानेछ’ उहाले भन्नुभयो र हामी यस्ता किशिमका महोत्सवमा सधैभरी साथ, सहयोग र समर्थन गर्न तयार छौ’ उहाले भन्नुभयो ।
 मन्तब्यको क्रममा करैयामाई गाउपालिकाका अध्यक्ष भुवनेश्वर धामीले यस्ता महोत्सवले बाराको पहिचान थप स्थापित हुने बताउनुभयो । बारालाई राष्ट्रिय स्तरसम्म चिनाउन माछा व्यवसायी संघले खेलेको भुमिकाको प्रशंसा गर्दे उहाले महोत्सवलाई आफुले सक्ने सहयोग गर्ने प्रतिवद्धता समेत जनाउनुभयो ।
त्यसतै , माछा व्यवसायी संघ बाराका अध्यक्ष जंगबहादुर शाहले सबैको साथ र सहयोगले कोल्हवीमा आफुहरु महोत्सव गर्न सफल भएकोभन्दै आगामी दिनमापनि यस्तै साथ र सहयोगको अपेक्षा गरेको बताउनुभयो । कार्यक्रममा माछा व्यवसायी महासंघका केन्द्रिय अध्यक्ष अम्बिका अधिकारी, केन्द्रिय बरिष्ठ उपाध्यक्ष मधुसुदन अधिकारी, माछा व्यवसायी महासंघ बाराका सचिव रबिन्द्र चौधरी लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमकाबिच संघले बिभिन्न व्यक्तित्वहरुलाई सम्मान गरेको छ । संघले सुर्य कमल प्रा.लि बल्खु कृषि तरकारी बजारका निर्देशक रामकृष्ण कुवर र श्रेष्ठ एग्रिपुटका सञ्चालक गोविन्द श्रेष्ठलाई सम्मान गरेको हो । ३ दिनसम्म चल्ने महोत्सवमा माछाका बिभिन्न स्टलहरु राखिएको छ । महोत्सवमा स्थानीय तथा राष्ट्रिय कलाकारहरुले आफ्नो प्रस्तुती देखाईरहेका छन् ।

हजारौ दर्शकको उपस्थितिमा राष्ट्रिय तथा स्थानिय कलाकारहरुले आफ्नो प्रस्तुती दोश्रो दिन र तेश्रो दिन २७ गते राष्ट्रिय स्तरका मत्सय अन्तरकृया गोष्टी हुने आयोजकले बताए । महोत्सवको उद्घाटन समारोह अघि कोल्हवी नगरपालिकाको कार्यालय अगाडीबाट सोभा यात्रा निकालिएको थियो । नगरपालिका कार्यालय अगाडीबाट शुरु भएको सोभा यात्राले कोल्हवी बजार परिक्रमा गरेको थियो ।

माछा व्यवसायी संघ बाराका अध्यक्ष जंगबहादुर शाहको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन पत्रकार प्रदिप गौतमले गर्नुभएको थियो । कार्यक्रममा संघका बरिष्ठ उपाध्यक्ष बिरेन्द्र चौधरीले स्वागत मन्तब्य व्यक्त गर्नुभएको थियो । भने पहिलो माछा तथा कृषि महोत्सव कलैयामा गरेको थियो ।

March 7, 2018

हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना ।

नेपाली रेडियो नेटर्वकको लागी प्रदेश नं. २ अन्र्तगत  बाराको कोल्हवी बाट प्रसारण हुने रेडियो संगम १०५.५ मेगाहर्ज को प्रबन्ध निर्देशक मुकेश कुमार जैसवाल ज्यू प्रदेश सदस्यमा नियुक्त हुनु भएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना ।

March 1, 2018

होली पर्वको शुभकामना आदान प्रदान कार्यक्रम कोल्हवीमा सम्पन्न

 


कोल्हवी १६ फागुण
   बाम गठबन्धन युवा संघ कोल्हवी बारा द्वारा आयोजित होली पर्वको शुभकामना आदान प्रदान कार्यक्रम एक कार्यक्रमका विच सम्पन्न ।
      उघोग वाणिज्य संघ  साखा कोल्हवीको सभा हलमा सम्पन्न कार्यक्रमा सभापति हरिनरायण चौधरी रहेका थिए भने ।  प्रमुख अतिथिमा पूर्व युवा तथा खेलकुद मन्त्री पुरुषोतम पैडेल , बिशिष्ठ अतिथीमा जिल्ला सचिवालय कमिटी एमालेका केवल प्रसाद चौधरीे र  पोलीट व्युरो सदस्य माओवादी केन्द्रका तपेश्वर राय थारु । अतिथीमा सचिवाल्य सदस्य यमालेका ढुन्ढीराज उप्रेति , नगर कमीटी संयोजक एमालेका पृथ्वी राज सीवाकोटीे , राष्ट्रिय स्वास्थय कमिटी संघ जिल्ला कार्य समिती सदस्य किशोर चौधरी , युवा संघ सदस्य जिल्ला कमिटी दिलीप चौधरी, रेडियो संगमका स्टेशन म्यानेजर अनिल प्रित,  जगदेव चौधरी, यादोलाल चौधरी , भगल बन्ठा, बिनोध चौधरी , इन्दिरा देवकोटा , रन्जीत चौधरी , नविन चौधरी, विरेन्द्र पनुहर, प्रवेज हुुसेन , कृष्ण ढाकाल , भेष बहादुर ढकाल लगाएत करिब २ सय जाना कार्यकर्ताको उपस्थिीती रहेका थिए ।
    भेलामा प्रमुख अतिथि पूर्व युवा तथा खेलकुद मन्त्री पुरुषोतम पैडेलले होलीको शुभकामना बक्त गर्दै भने अबको ५ बर्षमा बामले नै देशको विकाशमा कायापल्ट गर्ने बताउनु भयो ।  पोलीट व्युरो सदस्य माओवादी केन्द्रका तपेश्वर राय थारुले होलीको बारेमा प्रकाश पारेका थिए भने कार्यक्रम सन्चालन नन्देश्वर चौधरीले गरेका थिए ।

February 28, 2018

रेडियो संगममा होली बिशेष कार्यक्रम सम्पन्न



कोल्हवी १६ फागुन बुधबार
             रेडियो संगम १०५.५ मेगाहर्ज कोल्हवी बाराले आज रंगै रङ्गको पर्व होली पर्वको होलीको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न ।

           



कार्यक्रमा कृपा दैनिकका जियालाल चौधरी , कोल्हवी सिटी हस्पिटलका राजिव साह लगाएका रेडियो संगमाका प्रबन्धक मुकेश कुमार , स्टेश्न म्यानेजर अनिल प्रित , उषा साह, मनिता चौधरी, आरोही साह, बिनिता चौधरी , अभय कुमार साथै स्रोताहरुले  पनि  रेडियोको बिशेष कार्यक्रम “ होली बिशेष ”मा होलीको  शुभकामना सन्देश राखेका थिए ।

February 27, 2018

उत्पादित कोईला समयमा बिकृहुन नसकेको दलित एकल महिलाको गुनासो

बिदुर खडका बारा १३
कोईला उत्पादन गरेर जिबन गुजरा चलाएका दलित एकल महिलाले बन कार्यलय र मातहतका बन ब्याबस्थापन समितिको  मmनमmटिलो ब्याबहारले गर्दा उत्पादित कोईला समयमा बिकृहुन नसकेको गुनासो गरेकाछन ।
महेन्द्रनगर पसाहा कोईला गाउ का बिपन्न बर्गका दलित एकल महिला मजदुरहरुले बनजोगाउन तथा आएआर्जन गर्ने उदेस्यले कुसल ब्याबसाय परामर्स को सहयोगमा बनमारा झारबाट उत्पादि चारकोल बिकृको लागि बन छोडपुर्जि समयमा नपाएको कारण १ हजार बोरा कोईला बिकृहुन ढिलाई भएको बुद्धि माया बिश्वोकर्मा गुनासोछ ।
धुवा र धुलो को बिचमा बनमारा झारलाई बटुलेर भट्टि मा जलाएर कोईला उत्पादन गरि गुजरा चलाएका गाउँले मजदुरहरुले कोईला उत्पादन गरेपछि सेक्टर बनकार्यलय, ईलाका बन कार्यलय, जिल्ला बनकार्यलय , साजेदारि तथा सामुदाईक बन चार वटा कार्यलयमा धाएपछिमात्र बिकृकोलागि छोडपुर्जि दिनेगरेको निरुता घिमिरेको बताउछन ।
बनकार्यलय र सरोकारवाला निकायले ठुलो  धनसारि लगानिगरि बन तथा बाताबरण जोगाईरहेको बेला स्थानिय महिलाहरुले स्फुर्तरुपमा स्वोरोजगारिबनि बन जोगाउन सहयोग गरेपनि बनकार्यलय ले मदत नगरेको कारण उनिहरु निरुउत्साहित भएको सहकर्मि बिदुर खडकाले जनाएकाछन ।

February 24, 2018

प्रहरीद्वारा ३ थान सालको गोलिया बरामद




अनिल प्रित
कोल्हवी ÷१२ फागुण
     गय राती २ बजेको समयमा बाराको करैयामाई गाउँपालिका वडा नं. ७ पर्ने बारा बजार नजिकै बाट प्रहरीले ३ थान सालको गोलिया बरामद गरेको छ ।
    खबर प्राप्त हुने बितीकै ईलाका प्रहरी कार्यलय कोल्हवीका प्रहरी नायब निरीक्षक सुरेन्द्र चौधरीको कमाण्डमा खटि गएको टोलीले उक्त काठ (११.०६ क्युफिट ) सहित, गोरु, गाडा र एक थान साईकल सहित बारगढि गाउँपालिका वाडा नं. ४ पिपरा निवाशी शिबनाथ साहले लैजादै गरेको अवस्थामा पक्राउगरेको पत्रकार सम्मेलन गरी जानकारी दिए ।
    पक्राउ परेका साहलाई ईलाका प्रहरी कार्यलय कोल्हवीमा दाखिला गरि आवश्यक कानुनी कार्वाही गरि पाउ भनि प्रतिवेदनका साथ तामागढि बन सेक्टरमा दाखिला गरेको प्रहरी नायब निरिक्षक चौधरीले बताए ।
 

February 18, 2018

प्रदेशसभा ५ को उपसभामुखमा एमालेकी कृष्णी थारु निर्वाचित

६ फागुन, बुटवल । 
प्रदेशसभा ५ को उपसभामुखमा पूर्व कमलरी कृष्णी थारु निर्वाचित भएकी छिन् । दुई जनाको उम्मेदवारी परेकोमा थारुले ६६ मत ल्याउँदै निर्वाचित भएकी हुन् ।
संसदमा  उपस्थित ८५ सांसदमध्ये थारुको पक्षमा ६६ र विपक्षमा १९ मत परेको छ ।
संघीय समाजवादी फोरम र राष्टिय जनमोर्चाले वाम गठबन्धनकी उम्मेदवार थारुलाई समर्थन गरे । फोरमका ५ र जनमोर्चाका १ जना सांसद् छन् । राष्टिय जनता पार्टीका १ जना सांसद्ले सपथ ग्रहण गरेका छैनन् ।
उपसभामुखका लागि एमाले र माओवादी केन्द्रको वाम गठबन्धनबाट कृष्णी थारु र कांग्रेसकी रिना नेपाल बिकले उम्मेदवारी दिएका थिए ।
प्रदेश ५ को सभामुखमा नेकपा माओवादी केन्द्रका पूर्णबहादुर घर्ती निर्विरोध निर्वाचित भइसकेका छन् ।

आइतबारको बैठकमा सभामुख घर्तीले एमाले माओवादी केन्द्र गठबन्धनका उमेदवार एमाले संसदीय दलका नेता शंकर पोखरेललाई प्रदेश प्रमुख उमाकान्त झाले मुख्यमन्त्रीमा नियुक्त गरेको भनी प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्र पढेर सुनाए ।

प्रहरी हवल्दार १ लाख ६० हजार रुपैयाँ घुससहित पक्राउ

६ फागुन, काठमाडौं । 
जिल्ला प्रहरी कार्यालय, म्याग्दी मातहतमा रहेको प्रहरी चौकी पाखापानीका प्रहरी हवल्दार कुलबहादुर विसी घुस लिँदालिँदै पक्राउ परेका छन् ।
उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालको टोलीले १ लाख ६० हजार रुपैयाँ घुससहित पक्राउ गरेको हो ।
प्रहरी जवान पदमा भर्ना गराइदिने भन्दै सेवाग्राहीसँग घुस मागेको उजुरीको आधारमा उनलाई म्याग्दी बसपार्कमा घुस लिँदालिँदै पक्राउ गरिएको अायोगका प्रवक्ता पदमप्रसाद पाण्डेले बताए ।

उनका अनुसर थप अनुसन्धान भइरहेको छ ।

February 14, 2018

प्रदेश २ को मुख्यमन्त्रीमा राउत नियुक्त, सपथ भोलि

२ फागुन, जनकपुरधाम ।

प्रदेश २ को मुख्यमन्त्रीमा लालबाबु राउत नियुक्त भएका छन् ।

प्रदेश प्रमुख रत्नेश्वर लाल कायश्थले बुधबार संघीय समाजवादी फोरम प्रदेशसभा संसदीय दलका नेता राउतलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । कार्यालय परिसरमा आयोजित कार्यक्रममा कायश्थले राउतलाई मुख्यमन्त्री नियुक्त गरेको पत्र नै दिएका छन् ।
राजपाको समर्थनमा राउतले मंगलबार मात्र मुख्यमन्त्री नियुक्त गर्न दाबी पेश गरेका थिए । १०७ सदस्यीय प्रदेशसभामा फोरमका २९ र राजपाका २५ गरी ५४ सांसद छन्, जुन बहुमत हो ।
मुख्यमन्त्री नियुक्त भएपछि संक्षित प्रतिक्रिया दिँदै राउतले विकासका लागि सबैसँग सहकार्य गर्ने बताए । साथै सबैको सहयोगमा प्रदेश २ लाई नमुना प्रदेश बनाउन प्रयास गर्ने प्रतिवद्धता जनाए ।
मुख्यमन्त्रीको सपथ भोलि हुनेछ ।
सपथ ग्रहण समारोहमा फोरम र राजपा शीर्ष नेताहरु समेत सहभागी हुने तय भएको छ ।

February 1, 2018

पिपरा गोल्ड कपमा मकवानपुर फाईनलमा प्रवेश

कोल्हवी, १७ माघ । सृजनशील युवा क्लब पिपरा बाराको आयोजना भईरहेको दोश्रो पिपरा गोल्डकपको आज पहिलो सेमिफाईनल खेलमा जित हासिल गर्दै मकवानपुर ११, हेटौँडा फाईनलमा प्रवेश गरेको छ । मकवानपुर ११ र ए.पि.एफ रुद्रवाहिनी बिच भएको खेलमा मकवानपुरले १–० गोलले जीत हासिल गरेको हो ।
पहिलो हाफको ४० मिनेटमा मकवानपुरका तर्फबाट जर्सि नं. ७ का अमिर श्रेष्ठले निर्णायक एक गोल गरेका हुन् । निकैनै प्रतिस्प्ररधात्मक खेलमा अमिर श्रेष्ठले गरेको गोलले नै मकवानपुरलाई जित दिलायो । खेलको म्यान अफ दि म्याच हेटैडाका अमिर श्रेष्ठ घोषित भए । उनलाई आयोजकका संजय धामी थारुले ट्रफि प्रदान गरेका थिए ।
प्रतियोगितामा प्रथम हुने टिमले नगद रु. १ लाख ५० हजार र दोश्रो हुने टिमले नगद रु.७५ हजार प्राप्त गर्नेछन् । साथै १९ गते रेष्टका दिन महिला टिम चन्द्रपुर र गाईघाट बिच मैत्रिपुर्ण खेल हुनेछ । भोलि बिहिबारकोे अर्को सेमिफाईनल खेल बारा ११ र बि.एफ.सी भरतपुर चितवन भिडने आयोजकले जनाएको छ ।

January 28, 2018

पिपरा गोल्डकपको उद्घाटन खेलमा रौतहट विजय



-अनिल प्रित
कोल्हवी , १२ माघ । बारा जिल्लाको करैयामाई गाउँपालिका वडा नं. ७ पिपरामा जारी दोश्रो पिपरा गोल्ड कप २०७४ को पहिलो दिन नेपाल खेलकुद क्लब चन्द्रपुर र युवा स्पोर्टस क्लब बिरगंज बिच भएको खेलमा नेपाल खेलकुद क्लब चन्द्रपुर रौटहतटले जीतको सुरुवात गरेको छ ।
सृजनशिल यूवा क्लब पिपरा बाराको आयोजनामा भएको गोल्डकपको उद्घाटन खेलमा नेपाल खेलकुद क्लब चपुरले २–० ले जित हासिल गरेको हो । चपुरका जर्सी नम्बर १० का खेलाडी कृपा चौधरीले २८ मिनेट जाँदा पहिलो गोल गरेका थिए भने दोस्रो हापको १४ औँ मिनेट जाँदा राजु पहाडीले अर्को गोल थपी २–० को फराकिलो जित हासिल गरेका छन् । चन्द्रपुरका कृपा चौधरीलाई म्यान अफ द म्याच घोषित गरिएको छ ।

तस्बिर–अनिल प्रित

पहिलो हाफमा युवा स्पोर्टस क्लब विरगंजका खेलाडी जर्सी नं. १७ का रन्जय चौधरीले दुई पटक पहेँलो कार्ड पाएपछि ३२ मिनेटमा उनी मैदानबाट बाहिरिएका थिए । त्यसपछि विरगंज निकै दवाबमा आएको थियो ।
उद्घाटन समारोहमा खेलको उद्घाटन समारोहका प्रमुख अतिथि यूवा तथा खेलकुद राज्य मन्त्री तेजुलाल चौधरीले आगामी पौष मसान्त भित्र पचगछिया खेलमैदानलाई मिनी रंगशाला बनाउने आश्वासन दिएका छन् । समारोहमा बाराको निर्वाचन क्षेत्र नम्बर १ प्रदेश सभा सदस्य ज्वाला साह , प्रमुख जिल्ला अधिकारी बिजय नारायण मानन्धर , प्रहरी उपरिक्षक राजकुमार बैदवार , सशस्त्र प्रहरी प्रमुख बेणु प्रसाद पाठक , चनदननाथ गणका गणपती संतोष कार्की , निजगढ नगरपालिकाका नगरप्रमुख सुरेश खनाल , करैयामाई गाँउपालिकाका अध्यक्ष भुवनेश्वर धामी , उपाध्यक्ष चित्ररेखा कुमारी चौधरी , करैयामाई गाँउपालिकाका प्रमुख प्रसाशकिय अमोद चौधरी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
आजको खेल आयोजक सृजनशिल युवा क्लब पिपरा बारा र आर्मी श्रीचन्दनथान गणका बिच हुने आयोजकले जनाएको छ ।

January 23, 2018

संगम डट कम प्रा.लि द्वार संचालित रेडियो स्टेशन हो । रेडियो संगम फ्रिक्वेन्सि मोडुलेश्नको १०५.५ मेगाहर्जमा सुन्न सकिन्छ । रेडियो संगम बारा जिल्ला लगाएत आसपासका जिल्ला पर्सा, रौटहट , मकवानपुको गढि ,ओख्लढुङ्गा र छिमेकी मुलुक भारतका मोतिहारी सम्म सुन्न सकिन्छ ।

January 22, 2018

दोश्रो पिपरा गोल्डकप २०७४ को खेलतालीका

    सृजनशील युवा क्लब पिपराबाराको आयोजनामा हुन लागेको
दोश्रो पिपरा गोल्डकप २०७४ को खेलतालीका

दोश्रो पिपरा गोल्डकप २०७४ को सम्पूर्ण त्यारी पुरा


अनिल प्रित ÷कोल्हवी ६, माघ
       सृजनशील युवा क्लब पिपराबाराको आयोजनामा हुन लागेको दोश्रो पिपरा गोल्डकप २०७४ को सम्पूर्ण त्यारी पुरा भएको जनाएको छ ।
       श्री जनता माध्यमिक विघाल्य कक्डी प्रसौनाको हलमा आयोजना गरिएको कार्यक्रमा कल्वका अध्यक्ष बृजमोहन चौधरीले सम्पूर्ण त्यारी पुरा भएको पत्रकार सम्मेलनमा जानकारी दिए ।

      उक्त कार्यक्रमा फुटबल खेलप्रेमि , बुद्धिजिवी र समाजसेवीहरुको सहभागी भएका साथै करैया माईगाउँपालिकाका प्रमुख भुनेश्वर धामी, कोल्हवी नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष पुरनदेव चौधरी, अखिल नेपाल जिल्ला खेलकुद महासचिव सियाराम कुवर , सृजनशील कल्वका उपाध्यक्ष लालबहादुर चौधरी, सचिव ज्ञानेन्द्र प्रसाद दाश, महन्थ चौधरी ,  मुकेश चौधरी, रामप्रसाद चौधरी, मिश्री लाल चौधरी , कृष्ण मणी चौधरी , गोपाल दाश, लगाएत करीब १०० को उपस्थिती रहेको थियो ।

     दोश्रो पिपरा गोल्डकप २०७४ यहि माघ ११ गते देखि सुरु र फाइनल खेल २० गते हुनेछ । जसमा सहभागी टिमहरु गतवर्षको बिजेता एपिएफ क्लव शस्त्र प्रहरी , उपबिजिेता बारा ११ लगाएत भरतपुर फुतबलकल्व चितवन, बिजययुथ कल्ब हेटौडा ,युनाईटेड कल्व बिरगंज, हिमकस्तुरी कल्ब लाहान,चन्द्रपुर ११ रौटहट , आर्मिकल्व नेपाली सेना,महेतरी ११ बर्दिबास, र आयोजक सृजनशील युवा कल्व बारा रहनेछ भने १९ गते रेष्टका दिन महिला फुटबलटिम गाईघाट र चन्द्रपुर बिच हुनेछ । साथै प्रमुख अतिथी माननीय श्री तेजुलाल चौधरी ज्यू रहने र प्रतियोगितामा प्रथ्म हुने टिमले नगद १ लाख ५० हजार र दोश्रो हुने टिमले नगद रु.७५ हजार प्राप्त गरिने कल्वका सचिव ज्ञानेन्द्र प्रसाद दाशले जानकारी दिनुभयो ।

January 12, 2018

मुख्यमन्त्री र राष्ट्रियसभामा वाम गठबन्धनले यसरी गर्दैछ बाँडफाँट,,६०/४० को आधार कायमैः मुख्यमन्त्रीमा जातीय र लैंगिक सन्तुलन

२८ पुस, काठमाडौं । राष्ट्रियसभा र प्रदेश सरकार गठनको गृहकार्य गर्न गठित एमाले र माओवादी केन्द्रको कार्यदलले सिट बाँडफाँटका मुख्य चार आधार तय गरेको छ ।
शुक्रबार एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा सुवास नेम्वाङको अध्यक्षतामा बसेको बैठकले साझा उम्मेदवार तय गर्न प्रारम्भिक छलफल थालेको हो ।

कार्यदलका केही सदस्यहरु काठमाडौं बाहिर र अस्वस्थ रहेकाले विस्तृत छलफल नभए पनि राष्ट्रियसभाको सिट बाँडफाँट र प्रदेश सरकारका मुख्यमन्त्री तथा प्रदेश संसदका सभामुख पद कसरी बाँड्ने भन्ने आधार तय भएको छ ।
एमाले र माओवादीका तीन तीन जना नेता रहेको यो कार्यदललाई राष्ट्रियसभा र प्रदेश सरकारको सिट बाँडफाँडका लागि जिम्मेवारी दिइएको छ ।
कार्यदलको संयोजन गरिरहेका एमाले नेता सुवास नेम्वाङका अनुसार सिट बाँडफाँडमा प्रदेशगत रुपमा पार्टीको शक्ति, पार्टी एकताको भावना, सम्बन्धित पदको लागि व्यक्तिको योग्यता र सन्तुलनलाई मुख्य आधार बनाइएको छ ।
नेम्वाङले भने, ‘स्थानीय तह र प्रदेशसभा चुनावको नतिजालाई आधार बनाइने छ । सोही शक्तिका आधारमा पार्टी एकताको भावना प्रतिकुल नहुने गरि सिट बाँडफाँट गरिनेछ । हामी एउटै पार्टी हुँदैछौं भन्ने भावना अनुसार सिटकेा बाँडफाँड गर्छौं ।’
राष्टियसभा निर्वाचनको उम्मेदवार दर्ता माघ १०मा रहेका त्यस अघि नै सिट बाँडफाँट टुंगो लगाउने नेम्वाङले बताए ।
राष्ट्रियसभाका ५६ सिटमा वामपन्थी गठबन्धनले साझा उम्मेदवार उठाउनेछ । स्रोतका अनुसार राष्ट्रियसभामा समग्रमा ६०/४० अनुपातमा सिट बाँडफाँट हुने सम्भावना छ ।
यद्यपि कुन प्रदेशमा एमाले र माओवादीका कति मतदाता छन् भन्ने पनि हेरिने कार्यदलका एक सदस्यले बताए ।
‘कुनै प्रदेशमा माओवादीको संख्या निकै कम छ, त्यहाँ उसले ४० प्रतिशत माग्दैन, कुनैमा माओवादीको संख्या निणर्ायक हुनेछ, त्यहाँ सोही अनुपातमा बाँडफाँट हुन्छ’ उनले भने ।
मुख्यमन्त्री यसरी बाँडिदैछ
यो कार्यदलले नै भावी प्रदेश सरकारका मुख्यमन्त्री, सभामुखसहित प्रदेश संरचनाबारे पार्टी एकता संयोजन समितिलाई सुझाव दिने जिम्मेवारी पाएको छ ।
७ मध्ये ६ वटा प्रदेशमा वामपन्थीको बहुमत छ ।
मुख्यमन्त्री, सभामुख बाँडफाँटमा पनि चारवटा आधारलाई मुख्य मानिने एमाले नेता नेम्वाङले बताए । ‘एउटै पार्टी भएपछि कसले कति पाउने भन्ने रहेन, कुन प्रदेशमा मुख्यमन्त्री र सभामुख बन्न कस्तो व्यक्ति उपयुक्त छ,व्यक्ति हेरेर पनि बाँडफाँड हुन्छ’ उनले भने, ‘यसले यति पाउने भन्ने मात्र आधार छैन ।’
स्रोतका अनुसार ६ वटा प्रदेशका मुख्यमन्त्रीमध्ये चारवटा एमालेले र दुईवटा माओवादीले पाउने सम्भावना छ । प्रदेशका सभामुखको बाँडफाँट पनि सोही अनुसार हुनेछ ।
मुख्यमन्त्री बाँडफाँड गर्दा सम्बन्धित प्रदेशको जातीय सन्तुलनलाई पनि ध्यान दिइनेछ ।
समावेशीता र सन्तुलनलाई ध्यान दिँदै प्रदेश १ बाट राई/लिम्बु, प्रदेश ३ मा नेवार/तामाङ, ४ मा गुरुङ उम्मेदवारलाई प्राथमिकता दिने गरी सिट बाँडफाँट हुनेछ । प्रदेश १ मा शेरधन राई, ३ मा अष्टलक्ष्मी शाक्य र ४ मा पृथ्वीसुब्बा गुरुङ वा किरण गुरुङमध्ये एक मुख्यमन्त्रीका सम्भावित उम्मेदवार हुन् ।
प्रदेश ५ मा शंकर पोखरेललाई मुख्यमन्त्री बनाउने सहमति चुनाव अघि नै भइसकेको छ ।
प्रदेश ६ मा खसआर्य समुदायकै मुख्यमन्त्री हुनेछन् । माओवादीले पाउने सम्भावना रहेको मुख्यमन्त्रीका लागि महेन्द्रवहादुर शाही र नरेश भण्डारी मुख्य दाबेदार हुन् । यद्यपी ६ नम्बर प्रदेशमा एमालेको बहुमत रहेको भन्दै एमालेले पनि दाबी गरेको छ । एमालेबाट मुख्यमन्त्रीमा प्रकाश ज्वाला र यमलाल कँडेल दाबेदार छन् । यो प्रदेशमा माओवादीले मुख्यमन्त्री पाएमा सभामुख सहित महत्वपूर्ण मन्त्रालयहरु एमालेले पाउने गरि छलफल अघि बढाइएको छ ।
प्रदेश ७ मा पनि माओवादीले मुख्यमन्त्री पाउने सम्भावना छ । यहाँ थारु समुदायका वीरमान चौधरी र माओवादीकै झपट बोहोराले मुख्यमन्त्रीमा दाबी गरेका छन् ।

January 11, 2018

रौतहटमा चिसोले कठ्यांग्रिएर मृत्यु हुनेको संख्या ११ पुग्यो

२७ पुस, रौतहहट । लगातारको शीतलहर र न्यून तापक्रमले गर्दा रौतहटमा कठ्यांग्रिएर मृत्यु हुनेको संख्या ११ पुगेको छ ।

जिल्लाको दक्षिणी भाग पूर्ण रुपले शीतलहरको प्रभावमा परेको छ । उतरी क्षेत्र चन्द्रनिगाहपुर र आसपासका क्षेत्रमा घाम लागे पनि सदरमुकाम गौर तुषारो र कुहिरोले ढाकिएको छ ।
गरीब तथा विपन्न वर्गका परिवारहरु चिसोले सबै भन्दा बढी प्रभावित बनेका छन् भने पुराना रोगी, उच्चरक्तचाप, मुटुरोग तथा दमका बिरामीहरु थला पर्न थालेका छन् ।
बुधवार मात्रै रौतहटमा कठ्यांग्रिएर तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । बुधवार रौतहटको परोहा नगरपालिका ७ रामपुरखापका ६० वर्षीय रामलगन प्रसाद पटेल, गौर नगरपालिका ४ टिकुलियाका ७० वर्षीया सिया देवी तथा गढीमाई नगरपालिका ७ धनारी टोलका भिक्षु ठाकुर हजामको चिसोकै कारण मृत्यु भएको रौतहटका एसपी यज्ञ विनोद पोखरेलले बताए ।
रौतहटको परोहा नगरपालिका वडा नम्वर २ जिगडवाका ४५ वर्षीय शेख समिम, वडा नं. ९ का ७० वर्षीया नसिरुल्लाह खातुन, ६५ वर्षीया मरठिया देवी कुर्मी, राजदेवी नगरपालिका ९ ब्रहृमपुरीका ६४ वर्षीय अकल प्रसाद सिंह, गढीमाई नगरपालिका वडा नम्बर १ समनपुरमा संचालनमा रहेको इँटा उद्योगमा कार्यरत सर्लाही रामवन घर भएका ५५ वर्षीय नेक महम्मद अलि, गढीमाई नगरपालिका वडा नम्बर ४ सुन्दरपुरका ५५ वर्षीय महर्जन ठाकुर हजाम, गुजरा ७ प्रतापुर पल्टुवाकी फूलकुमारी देवी, दुर्गाभगवती ८ बडहर्वाकी सकली देवीको अत्यधिक जाडोका कारण मृत्यु भएको छ ।
निरन्तर रुपमा चलिरहेको पश्चिमी हावासँगै बाक्लो हुस्सु र शीतलहरबाट रौतहट लगायत मध्य तराईका जिल्लाहरुमा अत्यधिक जाडो भएपछि यस भेगको जनजीवन निक्कै कष्टकर बनेको छ ।
जिल्लामा बढ्दै गएको कठ्यांग्रिँदो चिसोबाट सर्वसाधारणलाई जोगाउन जिल्ला दैवी प्रकोप उद्धार समितिको पहलमा विभिन्न स्थानमा दाउरा उपलब्ध गराएर आगो ताप्ने व्यवस्था गरिएको छ ।
साथै सरकारी तथा विभिन्न गैरसरकारी संस्थाहरुले गरीब परिवारहरुलाई न्यानो कपडा, कम्बल वितरण गरिरहेका छन् ।

तराईमा अझै केही दिन हुस्सु र शीतलहर : अहिलेसम्म २३ जनाको मृत्यु

विगत केहिदिनदेखी बढेको चिसोका कारण तराई लगाएत देशभरको जनजिवन कष्टकर वनेको छ । चिसो र बाक्लो हुस्सुले मौसम प्रतिकूल हुँदा स्थानीयवासी ठाउँठाउँमा आगो तापेर जाडो छल्ने प्रयास गरिरहेका छन् । तराईमा लागिरहेको बाक्लो हुस्सु र शीतलहर हट्न अझै केही दिन लाग्ने भएको छ ।
केही दिनअघिको तुलनामा बाक्लो हुस्सु लाग्ने क्रम कम हुँदै गए पनि पूर्ण रुपमा हट्न समय लाग्ने भएको हो । डिसेम्बरको अन्तिमदेखि जनवरीको अन्तिम हप्तासम्म शीतलहर हुने समय भएकाले अझै केही दिन बाक्लो हुस्सु लाग्ने मौसमविद वरुण पौडेलले बताउनुभयो ।अहिलेको हुस्सु हट्न कि पानी पर्नुपर्ने कि बेगले हावा चल्नुपर्ने भए पनि हप्तादिनको बिचमा हावा चल्ने वा पानी पर्ने कुनै सम्भावना नरहेको उहाँले बताउनुभयो ।
बिहानको समयमा बाक्लो हुस्सु लागेपनि दिउँसो पख खुल्ने जाने तर चिसो भने नहट्ने मौसमविदले अनुमान गरेका छन् । शीतलहरले तराईमा अहिलेसम्म २३ जनाको मृत्यु भईसकेको छ भने उपत्यकामा तीन वर्षयताकै चिसो महसुस भएको छ । सन् २०१५ मा काठमाडौंको न्यूनतम तापक्रम शून्य डिग्री सेल्सियससम्म पुगेको थियो ।
तीन वर्षपछि पुनः उपत्यकाको न्यूनतम तापक्रम शून्य डिग्रीमा झरेको हो । गत वर्ष उपत्यकामा न्यूनतम तापक्रम शून्य दशमलव ४ डिग्रीसम्म पुगेको थियो । उपत्यकामा सन् १९७८ मा न्यूनतम तापक्रम माइनस ३ दशमलव ५ डिग्रीसम्म पुगेको इतिहास छ ।

January 10, 2018

डा. केसीले सर्वोच्च अदालतमा बयान दिँदै भने – भान्जीज्वाइँलाई ६ महिनामा ३ पटक बढुवा गरी मूख्य न्यायाधीश बनाउने, दुईटा नागरिकता लिने गोपाल पराजुलीमाथि कारवाही होस् ( लिखित बयानको अंशसहित )

काठमाडौं । प्रधानन्यायधीश गोपाल पराजुलीले संगीन अपराध तथा गैरकानूनी कार्य गरेकोले निजलाई कारवाहीको माग गर्दै डा. गोविन्द केसीले सर्वोच्च अदालतमा बयान दिएका छन् ।
अदालतको अवहेलना मुद्धामा हिजो प्रहरीबाट पक्राउ गरी आज सर्वोच्च अदालत उपस्थित गराइएका डा. केसीले अदालतको सामुन्ने लिखित बयान दिँदै अदालतको अवहेलना आफूबाट नभई प्रधानन्यायाधीश पराजुलीबाट भएकोले उनलाई कारवाहीको माग गरेका छन् ।
न्यायाधीश ओम प्रकाश मिश्र र केदारप्रसाद चालिसेको इजलासमा पेशी तोकिएको थियो । ढिलो गरी बयान सुरु गरिएका कारण आज पनि डा. केसी प्रहरी हिरासतमै छन् । उनको बयानको काम मात्र आज सकिएको छ । यसअघि काठमाडौँ तथा देशैभरि डा. केसीको पक्षमा प्रर्दशनहरु भएका छन् ।

डा. केसीले सर्वोच्च अदालतमा दिएको लिखित जवाफमा प्रधानन्यायाधीशमाथि निम्न आरोपहरु लगाएका छन् । डा.केसीले प्रधानन्यायधीश पराजुलीले दुई वटा नागरिकता लिएको, सो नागरिकताहरुमा फरक फरक जन्म मिति उल्लेख गरेको, भान्जाज्वाईँ नहकुल सुवेदीलाई अस्वभाविक तारिकाले बढुवा गर्दै हाल उच्च अदालतको मूख्य न्यायाधीश बनाइएकोजस्ता संगीन आरोप लगाएका छन् ।
साथै, उनले पराजुलीबाहेकको बेन्चमा यो मुद्धाको सुनुवाइ गर्न पनि माग गरेका छन् । डा. केसीको लिखित बयानको केही अंश आजको नयाँ पत्रिकाले प्रकाशित गरेको छ, हामीले नयाँ पत्रिकाबाट साभार गरेका छौँ ।

महेश बर्तौलालाई मार्न खोजेको अनेरा स्ववियुको आरोप, काठमाडौंका तीन प्रहरीमाथि कारवाही माग

काठमाडौँ, २५ पुस । पेट्रोलियम पदार्थको मूल्यबृद्धिको विरुद्धमा अनेरास्ववियुले आयोजना गरेको विरोध प्रदर्शनको क्रममा निर्मम दमन गर्ने प्रहरीमाथि कारवाही गर्दै राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दिइएको छ । अनेरास्ववियुको आयोजना भएको शान्तिपूर्ण प्रदर्शनमा काठमाडौं प्रहरी प्रमुख रविन्द्र घानुकको आदेशमा प्रहरीले निर्मम दमन गरेको अनेरा स्ववियुको आरोप छ । सो दमनमा अनेरास्ववियुका नेता महेश बर्तौलाको टाउको फुटेको थियो । उनी अझै निको भइसकेका छैनन् ।
अनेरास्ववियुले मानव अधिकार आयोगमा दर्ता गराएको उजुरीमा प्रहरी नायब उपरिक्षक तिलक भारति, महानगरिय प्रहरी बृत दरवार मार्ग, प्रहरी निरिक्षक, निशान थापा, महानगरिय प्रहरी बृत दरवार मार्ग, प्र.ना.उ. कुलदिप चन्द , महानगरिय प्रहरी बृत, कमलपोखरीलाई मुख्य दोषी ठहर गर्दै मानव अधिकार हनन् गरेको अभियोगमा आवश्यक कारवाहीको माग गरिएको छ ।
‘उपरोक्त सम्बन्धमा हामी निबेदकहरुलाई तपसिलमा उल्लेखित बिपक्षीहरुले अन्याय गरि हाम्रो मानब अधिकारको हनन् गरि अन्याय गर्नु भएकाले अन्यायको व्यहोरा निम्न प्रकरण प्रकरणहरुमा खुलाई राष्ट्रिय मानब अधिकार ऐन, २०६८ को दफा १० वमोजिम प्रस्तुत निबेदन लिई उपस्थित भएका छौं । हामीहरु उपर भएको अन्यायको क्षतिपुर्ति दिलाई भराई दोषिहरु उपर बिभागिय कारवाही तथा सजाय गरि पाउँ भनि संयूक्त रुपमा यो निबेदन पेश गरेका छौं ।’ उजुरीमा भनिएको छ, ‘नेपाल सरकारवाट भएको पेट्रोलियम पर्दाथको मुल्य बृद्धि सन्दर्भमा मिति २०७४ साल पौष १८ गतेका दिन काठमाण्डौंको रत्नपार्कमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिधार्थी युनियनद्वारा आयोजित बिरोध सभामा युनियनका नेता कार्यकर्ताहरु भेला भई आफनो भनाई राखिरहँदा करिब दिउँसो २ः३० बजेको समयमा बिपक्षी अन्यायीहरु र तिनीहरुका संग साथमा आएका अन्य प्रहरी कर्मचारीहरुव्दारा अन्धाधुन्ध अश्रु ग्याँस, लाठी चार्ज गरि तितरबितर गरि जथाभाबि गिरपmतार गरि नियन्त्रणमा लिई यातना दिने कार्य गरी हामी नागरिकलाई नेपालको संबिधान ,२०७२ को धारा १७ को उपधारा २ को खण्ड क र ख व्दारा प्राप्त मौलिक हक “प्रत्येक नागरिकालाई बिचार तथा अभिव्यक्तिको स्वतन्त्रता र बिना हातहतियार शान्ति पुर्बक भेला हुने स्वतन्त्रता’’ बमोजिम हामी निबेदक लगायतका बिद्यार्थीहरु बिना हात हतियार शान्ति पुर्बक भेला भई शान्ति पुर्बक कार्यक्रम गरिरहेको अवस्थामा प्रहरी ऐन, नियमावली बिपरित जथाभााबी र अत्याधिक बल प्रयोग गरि आफनो नियन्त्रणमा राखी हामी निबेदक लगायतका अन्य विद्यार्थीहरुलाई निर्घात रुपमा कुटपिट गरि यातना दिएका थिए ।’
अनेरास्ववियुले घटना संलग्नलाई गम्भिर मानव अधिकार हनन्मा दोषी ठहर गर्दै विभागिय कारवाहीको लागि माग समेत गरेको छ । साथै सो संगठनले आफ्ना नेता महेश बर्तौलाको प्रहरीले हत्या गर्ने नियोजित योजनासाथ आक्रमण गराएको ठहर गर्दै राष्ट्रिय मानव अधिकार आयोग गुहारेको जनाएको छ । उजुरीमा भनिएको छ, ‘नेपालको संबिधान २०७२ को धारा २२ ले “ पक्राउमा परेका वा थुनामा रहेका व्यक्तिलाई शारिरिक वा मानसिक यातना दिइने छैन र निज संग निर्मम, अमानबिय र अपमानजनक व्यबहार गरिने छैन र त्यस्तो पिडित व्यक्तिलाई क्षतिपुर्तिको हक हुने’ भनि यातना बिरुद्धको हकको व्यबस्था गरेको छ । बिपक्षी अन्यायीहरुले हामी निबेदकलाई पक्राउ गरि आफनो नियन्त्रणमा लिई सके पश्चात लगातार लाठी, बुट र मुक्काले प्रहार गरि रहे । निबेदक मध्येका म महेश बर्तौलालाई मार्ने सम्मको उदेश्य राखी लगातार टाउकोमा प्रहार गरि रहेका थिए भने म ऐन महरलाई बुटले किल्चीने मुक्का प्रहार गर्ने कार्य गरेका थिए । यसै गरि निबेदक मध्ये म शेखर बोहरालाई बिपक्षीहरु लगायत अन्य ४,५ जनाले लगातार लौरो र बुटले शरिरका बिभिन्न भागमा प्रहार गर्ने लछार्ने पछार्ने गरि यातना दिएका थिए । हामी निबेदक तिनै जनाको हाल काठमाण्डौं मोडल अस्पतालमा उपचार भई रहेको र यातनाका कारण हामीलाई शारिरिक तथा मानसिक रुपमा असर परेको अवगत गराउँदछौं ।’