This is default featured slide 1 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.

This is default featured slide 2 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.

This is default featured slide 3 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.

This is default featured slide 4 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.

This is default featured slide 5 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.

Time

February 28, 2018

रेडियो संगममा होली बिशेष कार्यक्रम सम्पन्न



कोल्हवी १६ फागुन बुधबार
             रेडियो संगम १०५.५ मेगाहर्ज कोल्हवी बाराले आज रंगै रङ्गको पर्व होली पर्वको होलीको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न ।

           



कार्यक्रमा कृपा दैनिकका जियालाल चौधरी , कोल्हवी सिटी हस्पिटलका राजिव साह लगाएका रेडियो संगमाका प्रबन्धक मुकेश कुमार , स्टेश्न म्यानेजर अनिल प्रित , उषा साह, मनिता चौधरी, आरोही साह, बिनिता चौधरी , अभय कुमार साथै स्रोताहरुले  पनि  रेडियोको बिशेष कार्यक्रम “ होली बिशेष ”मा होलीको  शुभकामना सन्देश राखेका थिए ।

February 27, 2018

उत्पादित कोईला समयमा बिकृहुन नसकेको दलित एकल महिलाको गुनासो

बिदुर खडका बारा १३
कोईला उत्पादन गरेर जिबन गुजरा चलाएका दलित एकल महिलाले बन कार्यलय र मातहतका बन ब्याबस्थापन समितिको  मmनमmटिलो ब्याबहारले गर्दा उत्पादित कोईला समयमा बिकृहुन नसकेको गुनासो गरेकाछन ।
महेन्द्रनगर पसाहा कोईला गाउ का बिपन्न बर्गका दलित एकल महिला मजदुरहरुले बनजोगाउन तथा आएआर्जन गर्ने उदेस्यले कुसल ब्याबसाय परामर्स को सहयोगमा बनमारा झारबाट उत्पादि चारकोल बिकृको लागि बन छोडपुर्जि समयमा नपाएको कारण १ हजार बोरा कोईला बिकृहुन ढिलाई भएको बुद्धि माया बिश्वोकर्मा गुनासोछ ।
धुवा र धुलो को बिचमा बनमारा झारलाई बटुलेर भट्टि मा जलाएर कोईला उत्पादन गरि गुजरा चलाएका गाउँले मजदुरहरुले कोईला उत्पादन गरेपछि सेक्टर बनकार्यलय, ईलाका बन कार्यलय, जिल्ला बनकार्यलय , साजेदारि तथा सामुदाईक बन चार वटा कार्यलयमा धाएपछिमात्र बिकृकोलागि छोडपुर्जि दिनेगरेको निरुता घिमिरेको बताउछन ।
बनकार्यलय र सरोकारवाला निकायले ठुलो  धनसारि लगानिगरि बन तथा बाताबरण जोगाईरहेको बेला स्थानिय महिलाहरुले स्फुर्तरुपमा स्वोरोजगारिबनि बन जोगाउन सहयोग गरेपनि बनकार्यलय ले मदत नगरेको कारण उनिहरु निरुउत्साहित भएको सहकर्मि बिदुर खडकाले जनाएकाछन ।

February 24, 2018

प्रहरीद्वारा ३ थान सालको गोलिया बरामद




अनिल प्रित
कोल्हवी ÷१२ फागुण
     गय राती २ बजेको समयमा बाराको करैयामाई गाउँपालिका वडा नं. ७ पर्ने बारा बजार नजिकै बाट प्रहरीले ३ थान सालको गोलिया बरामद गरेको छ ।
    खबर प्राप्त हुने बितीकै ईलाका प्रहरी कार्यलय कोल्हवीका प्रहरी नायब निरीक्षक सुरेन्द्र चौधरीको कमाण्डमा खटि गएको टोलीले उक्त काठ (११.०६ क्युफिट ) सहित, गोरु, गाडा र एक थान साईकल सहित बारगढि गाउँपालिका वाडा नं. ४ पिपरा निवाशी शिबनाथ साहले लैजादै गरेको अवस्थामा पक्राउगरेको पत्रकार सम्मेलन गरी जानकारी दिए ।
    पक्राउ परेका साहलाई ईलाका प्रहरी कार्यलय कोल्हवीमा दाखिला गरि आवश्यक कानुनी कार्वाही गरि पाउ भनि प्रतिवेदनका साथ तामागढि बन सेक्टरमा दाखिला गरेको प्रहरी नायब निरिक्षक चौधरीले बताए ।
 

February 18, 2018

प्रदेशसभा ५ को उपसभामुखमा एमालेकी कृष्णी थारु निर्वाचित

६ फागुन, बुटवल । 
प्रदेशसभा ५ को उपसभामुखमा पूर्व कमलरी कृष्णी थारु निर्वाचित भएकी छिन् । दुई जनाको उम्मेदवारी परेकोमा थारुले ६६ मत ल्याउँदै निर्वाचित भएकी हुन् ।
संसदमा  उपस्थित ८५ सांसदमध्ये थारुको पक्षमा ६६ र विपक्षमा १९ मत परेको छ ।
संघीय समाजवादी फोरम र राष्टिय जनमोर्चाले वाम गठबन्धनकी उम्मेदवार थारुलाई समर्थन गरे । फोरमका ५ र जनमोर्चाका १ जना सांसद् छन् । राष्टिय जनता पार्टीका १ जना सांसद्ले सपथ ग्रहण गरेका छैनन् ।
उपसभामुखका लागि एमाले र माओवादी केन्द्रको वाम गठबन्धनबाट कृष्णी थारु र कांग्रेसकी रिना नेपाल बिकले उम्मेदवारी दिएका थिए ।
प्रदेश ५ को सभामुखमा नेकपा माओवादी केन्द्रका पूर्णबहादुर घर्ती निर्विरोध निर्वाचित भइसकेका छन् ।

आइतबारको बैठकमा सभामुख घर्तीले एमाले माओवादी केन्द्र गठबन्धनका उमेदवार एमाले संसदीय दलका नेता शंकर पोखरेललाई प्रदेश प्रमुख उमाकान्त झाले मुख्यमन्त्रीमा नियुक्त गरेको भनी प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्र पढेर सुनाए ।

प्रहरी हवल्दार १ लाख ६० हजार रुपैयाँ घुससहित पक्राउ

६ फागुन, काठमाडौं । 
जिल्ला प्रहरी कार्यालय, म्याग्दी मातहतमा रहेको प्रहरी चौकी पाखापानीका प्रहरी हवल्दार कुलबहादुर विसी घुस लिँदालिँदै पक्राउ परेका छन् ।
उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालको टोलीले १ लाख ६० हजार रुपैयाँ घुससहित पक्राउ गरेको हो ।
प्रहरी जवान पदमा भर्ना गराइदिने भन्दै सेवाग्राहीसँग घुस मागेको उजुरीको आधारमा उनलाई म्याग्दी बसपार्कमा घुस लिँदालिँदै पक्राउ गरिएको अायोगका प्रवक्ता पदमप्रसाद पाण्डेले बताए ।

उनका अनुसर थप अनुसन्धान भइरहेको छ ।

February 14, 2018

प्रदेश २ को मुख्यमन्त्रीमा राउत नियुक्त, सपथ भोलि

२ फागुन, जनकपुरधाम ।

प्रदेश २ को मुख्यमन्त्रीमा लालबाबु राउत नियुक्त भएका छन् ।

प्रदेश प्रमुख रत्नेश्वर लाल कायश्थले बुधबार संघीय समाजवादी फोरम प्रदेशसभा संसदीय दलका नेता राउतलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । कार्यालय परिसरमा आयोजित कार्यक्रममा कायश्थले राउतलाई मुख्यमन्त्री नियुक्त गरेको पत्र नै दिएका छन् ।
राजपाको समर्थनमा राउतले मंगलबार मात्र मुख्यमन्त्री नियुक्त गर्न दाबी पेश गरेका थिए । १०७ सदस्यीय प्रदेशसभामा फोरमका २९ र राजपाका २५ गरी ५४ सांसद छन्, जुन बहुमत हो ।
मुख्यमन्त्री नियुक्त भएपछि संक्षित प्रतिक्रिया दिँदै राउतले विकासका लागि सबैसँग सहकार्य गर्ने बताए । साथै सबैको सहयोगमा प्रदेश २ लाई नमुना प्रदेश बनाउन प्रयास गर्ने प्रतिवद्धता जनाए ।
मुख्यमन्त्रीको सपथ भोलि हुनेछ ।
सपथ ग्रहण समारोहमा फोरम र राजपा शीर्ष नेताहरु समेत सहभागी हुने तय भएको छ ।

February 1, 2018

पिपरा गोल्ड कपमा मकवानपुर फाईनलमा प्रवेश

कोल्हवी, १७ माघ । सृजनशील युवा क्लब पिपरा बाराको आयोजना भईरहेको दोश्रो पिपरा गोल्डकपको आज पहिलो सेमिफाईनल खेलमा जित हासिल गर्दै मकवानपुर ११, हेटौँडा फाईनलमा प्रवेश गरेको छ । मकवानपुर ११ र ए.पि.एफ रुद्रवाहिनी बिच भएको खेलमा मकवानपुरले १–० गोलले जीत हासिल गरेको हो ।
पहिलो हाफको ४० मिनेटमा मकवानपुरका तर्फबाट जर्सि नं. ७ का अमिर श्रेष्ठले निर्णायक एक गोल गरेका हुन् । निकैनै प्रतिस्प्ररधात्मक खेलमा अमिर श्रेष्ठले गरेको गोलले नै मकवानपुरलाई जित दिलायो । खेलको म्यान अफ दि म्याच हेटैडाका अमिर श्रेष्ठ घोषित भए । उनलाई आयोजकका संजय धामी थारुले ट्रफि प्रदान गरेका थिए ।
प्रतियोगितामा प्रथम हुने टिमले नगद रु. १ लाख ५० हजार र दोश्रो हुने टिमले नगद रु.७५ हजार प्राप्त गर्नेछन् । साथै १९ गते रेष्टका दिन महिला टिम चन्द्रपुर र गाईघाट बिच मैत्रिपुर्ण खेल हुनेछ । भोलि बिहिबारकोे अर्को सेमिफाईनल खेल बारा ११ र बि.एफ.सी भरतपुर चितवन भिडने आयोजकले जनाएको छ ।