Time

February 24, 2018

प्रहरीद्वारा ३ थान सालको गोलिया बरामद




अनिल प्रित
कोल्हवी ÷१२ फागुण
     गय राती २ बजेको समयमा बाराको करैयामाई गाउँपालिका वडा नं. ७ पर्ने बारा बजार नजिकै बाट प्रहरीले ३ थान सालको गोलिया बरामद गरेको छ ।
    खबर प्राप्त हुने बितीकै ईलाका प्रहरी कार्यलय कोल्हवीका प्रहरी नायब निरीक्षक सुरेन्द्र चौधरीको कमाण्डमा खटि गएको टोलीले उक्त काठ (११.०६ क्युफिट ) सहित, गोरु, गाडा र एक थान साईकल सहित बारगढि गाउँपालिका वाडा नं. ४ पिपरा निवाशी शिबनाथ साहले लैजादै गरेको अवस्थामा पक्राउगरेको पत्रकार सम्मेलन गरी जानकारी दिए ।
    पक्राउ परेका साहलाई ईलाका प्रहरी कार्यलय कोल्हवीमा दाखिला गरि आवश्यक कानुनी कार्वाही गरि पाउ भनि प्रतिवेदनका साथ तामागढि बन सेक्टरमा दाखिला गरेको प्रहरी नायब निरिक्षक चौधरीले बताए ।
 

0 comments:

Post a Comment