Time

January 22, 2018

दोश्रो पिपरा गोल्डकप २०७४ को सम्पूर्ण त्यारी पुरा


अनिल प्रित ÷कोल्हवी ६, माघ
       सृजनशील युवा क्लब पिपराबाराको आयोजनामा हुन लागेको दोश्रो पिपरा गोल्डकप २०७४ को सम्पूर्ण त्यारी पुरा भएको जनाएको छ ।
       श्री जनता माध्यमिक विघाल्य कक्डी प्रसौनाको हलमा आयोजना गरिएको कार्यक्रमा कल्वका अध्यक्ष बृजमोहन चौधरीले सम्पूर्ण त्यारी पुरा भएको पत्रकार सम्मेलनमा जानकारी दिए ।

      उक्त कार्यक्रमा फुटबल खेलप्रेमि , बुद्धिजिवी र समाजसेवीहरुको सहभागी भएका साथै करैया माईगाउँपालिकाका प्रमुख भुनेश्वर धामी, कोल्हवी नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष पुरनदेव चौधरी, अखिल नेपाल जिल्ला खेलकुद महासचिव सियाराम कुवर , सृजनशील कल्वका उपाध्यक्ष लालबहादुर चौधरी, सचिव ज्ञानेन्द्र प्रसाद दाश, महन्थ चौधरी ,  मुकेश चौधरी, रामप्रसाद चौधरी, मिश्री लाल चौधरी , कृष्ण मणी चौधरी , गोपाल दाश, लगाएत करीब १०० को उपस्थिती रहेको थियो ।

     दोश्रो पिपरा गोल्डकप २०७४ यहि माघ ११ गते देखि सुरु र फाइनल खेल २० गते हुनेछ । जसमा सहभागी टिमहरु गतवर्षको बिजेता एपिएफ क्लव शस्त्र प्रहरी , उपबिजिेता बारा ११ लगाएत भरतपुर फुतबलकल्व चितवन, बिजययुथ कल्ब हेटौडा ,युनाईटेड कल्व बिरगंज, हिमकस्तुरी कल्ब लाहान,चन्द्रपुर ११ रौटहट , आर्मिकल्व नेपाली सेना,महेतरी ११ बर्दिबास, र आयोजक सृजनशील युवा कल्व बारा रहनेछ भने १९ गते रेष्टका दिन महिला फुटबलटिम गाईघाट र चन्द्रपुर बिच हुनेछ । साथै प्रमुख अतिथी माननीय श्री तेजुलाल चौधरी ज्यू रहने र प्रतियोगितामा प्रथ्म हुने टिमले नगद १ लाख ५० हजार र दोश्रो हुने टिमले नगद रु.७५ हजार प्राप्त गरिने कल्वका सचिव ज्ञानेन्द्र प्रसाद दाशले जानकारी दिनुभयो ।


0 comments:

Post a Comment