Time

December 27, 2017

एक वर्षको बजेट चार महिनामै सकियो, कुन मन्त्रीले कति खर्च गरे?

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मन्त्रीहरूको जिल्ला अनुगमन भ्रमणका लागि छुट्याएको बजेट पहिलो चौमासिकमै सकिएको जनाएको छ । एक वर्षका लागि अनुगमन भ्रमण शीर्षकमा छुट्याएको बजेट चार महिनामै सकिएपछि अर्थ मन्त्रालयसँग थप एक करोड २० लाख रुपैयाँ माग गरेको छ । यो खबर हामीले आजको नयाँ पत्रिकाबाट लिएका हौ।
चालू आर्थिक वर्षका लागि सरकारले अनुगमन तथा मूल्यांकन खर्च शीर्षकमा एक करोड ३० लाख रुपैयाँ छुट्याएको थियो । त्यसमध्ये एक करोड २९ लाख ३२ हजार रुपैयाँ खर्च भइसकेको छ । २९ लाख बराबरको बिल स्वीकृत भइसकेको र बजेट अभावमा भुक्तानी नभएको मन्त्रिपरिषदको कार्यालयको भनाइ छ । यस्तै, करिब पाँच लाख बराबरको बिल स्वीकृत हुने प्रक्रियामा रहेको छ । मन्त्रिपरिषद्को कार्यालयसँग अब अनुगमन भ्रमण शीर्षकमा ६७ हजार तीन सय रुपैयाँ मात्र बजेट बाँकी रहेको जनाएको छ ।
कुन मन्त्रीले कति खर्च गरे ?
प्रधानमन्त्री, उनका सुरक्षाकर्मी र सचिवालयसहित जम्मा : ६२ लाख ३९ हजार ८६४ रुपैयाँ
विजयकुमार गच्छदार (स्थानीय विकास) : ४,८९,०३०
गोपालमान श्रेष्ठ (शिक्षा) : ६१,८५०
गिरिराजमणि पोखरेल (स्वास्थ्य–विनाविभागीय) : ३,५०,४३०
ज्ञानेन्द्रबहादुर कार्की (अर्थ) – २,४७,७००
फरमुल्लाह मन्सुर (श्रम) – १,५५,५३८
प्रभु शाह (सहरी विकास– विनाविभागीय) : ८७,८२०
सुनीलबहादुर थापा (उद्योग) : २,१४,५००
दिलनाथ गिरी (सहरी विकास) : २,४४,५७५
जितेन्द्र देव (पर्यटन तथा नागरिक उड्डयन) : ३,६३,१००
गोपाल दहित (भूमिसुधार तथा व्यवस्था) : ३,२१,५७०
मोहनबहादुर बस्नेत (सञ्चार) : १३०५५०
रामकृष्ण यादव (कृषि विकास) : १०६२००
महेन्द्र यादव (खानेपानी तथा सरसफाइ) : ६१४०००
अम्बिका बस्नेत (सहकारी तथा गरिवी निवारण) : १०२५०
वीरबहादुर बलायर (भौतिक पूर्वाधार तथा यातायात) : १७४३५०
मीनबहादुर विश्वकर्मा (वाणिज्य) : १८४४००
यज्ञबहादुर थापा (कानुन) : १०२४००
भीमसेनदास प्रधान (रक्षा) : ९२५०
सञ्जयकुमार गौतम (सिँचाइ) – २४३०५०
राजेन्द्रकुमार केसी (युवा तथा खेलकुद) : १६३२५०
टेकबहादुर बस्नेत (सामान्य प्रशासन – विनाविभागिय ) – १५०७५०
शिवकुमार मण्डल (आपूर्ति–विनाविभागीय) : २८४६००
महेन्द्रबहादुर शाही (ऊर्जा–विनाविभागीय) : ९००००
आशा कोइराला (महिला बालबालिका तथा समाजकल्याण– विनाविभागीय) : १५७९००
सन्तकुमार थारु (पशुपंक्षी– विनाविभागीय) : ३४८०००
मिथिला चौधरी (जनसंख्या तथा वातावरण) : २०४७६०
जयन्त चन्द (आपूर्ति) – २२४९५०
राज्यमन्त्रीहरू 
कुन्ती शाही ः सहरी विकास ः २१८५५०
मोहम्मद जाकिर हुसैन (महिला बालबालिका–विनाविभागीय) ः २७५६५०
रामसिंह यादव (स्वास्थ्य–विनाविभागीय) ः २४३००
श्यामकुमार श्रेष्ठ (गृह–विनाविभागीय) ः १५८४५०
शम्भुलाल श्रेष्ठ (पशुपंक्षी) ः ६५७००
कर्णबहादुर विक (आपूर्ति–विनाविभागीय) ः ५३८५५०
छमबहादुर गुरुङ (सहरी विकास–विनाविभागीय) ः१०३६५०
गोमा कुँवर (पशुपंक्षी–विनाविभागीय) ः ३१७०००
ओङ्दी शेर्पा (सामान्य प्रशासन–विनाविभागीय) ः ७४१००
सीता गुरुङ (भौतिक पूर्वाधार तथा यातायात) ः १८८४५०
सरिता प्रसाई (कृषि विकास) ः १२६१००
शेषनाथ अधिकारी (शिक्षा) ः ५७०००
नरबहादुर चन्द (वाणिज्य) ः ३०३८५०
अब्दुल रज्जक गद्दी (खानेपानी तथा सरसफाइ) ः १६९३००
तप्तबहादुर विष्ट (सञ्चार) ः २७२८५०
कमलादेवी शर्मा (वन तथा भूसंरक्षण) ः १२४१८०
मरसिंह पुन (सिंचाइ) ः ५३७१५०
दिलमान पाख्रिन (कानुन) ः ७२१७५
उदयशमशेर राणा (अर्थ) ः २४०५०
डिल्लीबहादुर चौधरी (श्रम तथा रोजगार) ः १४९५००
चम्पादेवी खड्का ( सहकारी तथा गरिवी निवारण) ः १५०८५०
जनकराज चौधरी (स्थानीय विकास) ः ११४४००
सुमित्रा थारु (पर्यटन तथा नागरिक उड्डयन) ः २५९३००
यशोदाकुमारी लामा (भूमिसुधार तथा व्यवस्था) ः ७८९५०
रेशमबहादुर लामा (उद्योग) ः १२९६७०
कान्ता भटराई (महिला बालबालिका तथा समाजकल्याण) ः १५२४००

0 comments:

Post a Comment