Time

February 18, 2018

प्रदेशसभा ५ को उपसभामुखमा एमालेकी कृष्णी थारु निर्वाचित

६ फागुन, बुटवल । 
प्रदेशसभा ५ को उपसभामुखमा पूर्व कमलरी कृष्णी थारु निर्वाचित भएकी छिन् । दुई जनाको उम्मेदवारी परेकोमा थारुले ६६ मत ल्याउँदै निर्वाचित भएकी हुन् ।
संसदमा  उपस्थित ८५ सांसदमध्ये थारुको पक्षमा ६६ र विपक्षमा १९ मत परेको छ ।
संघीय समाजवादी फोरम र राष्टिय जनमोर्चाले वाम गठबन्धनकी उम्मेदवार थारुलाई समर्थन गरे । फोरमका ५ र जनमोर्चाका १ जना सांसद् छन् । राष्टिय जनता पार्टीका १ जना सांसद्ले सपथ ग्रहण गरेका छैनन् ।
उपसभामुखका लागि एमाले र माओवादी केन्द्रको वाम गठबन्धनबाट कृष्णी थारु र कांग्रेसकी रिना नेपाल बिकले उम्मेदवारी दिएका थिए ।
प्रदेश ५ को सभामुखमा नेकपा माओवादी केन्द्रका पूर्णबहादुर घर्ती निर्विरोध निर्वाचित भइसकेका छन् ।

आइतबारको बैठकमा सभामुख घर्तीले एमाले माओवादी केन्द्र गठबन्धनका उमेदवार एमाले संसदीय दलका नेता शंकर पोखरेललाई प्रदेश प्रमुख उमाकान्त झाले मुख्यमन्त्रीमा नियुक्त गरेको भनी प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्र पढेर सुनाए ।

0 comments:

Post a Comment