Time

January 10, 2018

डा. केसीले सर्वोच्च अदालतमा बयान दिँदै भने – भान्जीज्वाइँलाई ६ महिनामा ३ पटक बढुवा गरी मूख्य न्यायाधीश बनाउने, दुईटा नागरिकता लिने गोपाल पराजुलीमाथि कारवाही होस् ( लिखित बयानको अंशसहित )

काठमाडौं । प्रधानन्यायधीश गोपाल पराजुलीले संगीन अपराध तथा गैरकानूनी कार्य गरेकोले निजलाई कारवाहीको माग गर्दै डा. गोविन्द केसीले सर्वोच्च अदालतमा बयान दिएका छन् ।
अदालतको अवहेलना मुद्धामा हिजो प्रहरीबाट पक्राउ गरी आज सर्वोच्च अदालत उपस्थित गराइएका डा. केसीले अदालतको सामुन्ने लिखित बयान दिँदै अदालतको अवहेलना आफूबाट नभई प्रधानन्यायाधीश पराजुलीबाट भएकोले उनलाई कारवाहीको माग गरेका छन् ।
न्यायाधीश ओम प्रकाश मिश्र र केदारप्रसाद चालिसेको इजलासमा पेशी तोकिएको थियो । ढिलो गरी बयान सुरु गरिएका कारण आज पनि डा. केसी प्रहरी हिरासतमै छन् । उनको बयानको काम मात्र आज सकिएको छ । यसअघि काठमाडौँ तथा देशैभरि डा. केसीको पक्षमा प्रर्दशनहरु भएका छन् ।

डा. केसीले सर्वोच्च अदालतमा दिएको लिखित जवाफमा प्रधानन्यायाधीशमाथि निम्न आरोपहरु लगाएका छन् । डा.केसीले प्रधानन्यायधीश पराजुलीले दुई वटा नागरिकता लिएको, सो नागरिकताहरुमा फरक फरक जन्म मिति उल्लेख गरेको, भान्जाज्वाईँ नहकुल सुवेदीलाई अस्वभाविक तारिकाले बढुवा गर्दै हाल उच्च अदालतको मूख्य न्यायाधीश बनाइएकोजस्ता संगीन आरोप लगाएका छन् ।
साथै, उनले पराजुलीबाहेकको बेन्चमा यो मुद्धाको सुनुवाइ गर्न पनि माग गरेका छन् । डा. केसीको लिखित बयानको केही अंश आजको नयाँ पत्रिकाले प्रकाशित गरेको छ, हामीले नयाँ पत्रिकाबाट साभार गरेका छौँ ।

0 comments:

Post a Comment