This is default featured slide 1 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.

This is default featured slide 2 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.

This is default featured slide 3 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.

This is default featured slide 4 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.

This is default featured slide 5 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.

Time

March 26, 2018

उखुको न्यूनतम समर्थन मूल्य सिफारिस प्रतिक्वीन्टल ५ सय ३६ रुपैयाँ ५६ पैसा

उखुको न्यूनतम समर्थन मूल्य सिफारिस
प्रतिक्वीन्टल ५ सय ३६ रुपैयाँ ५६ पैसालामो विवादपछि कृषि, भूमिसुधार तथा सहकारी मन्त्रालयले उखुको न्यूनतम समर्थन मूल्य सिफारिस गरेको छ ।


कृषि सचिवको संयोकजत्वमा उद्योग, वाणिज्य तथा आपूर्ति र अर्थ मन्त्रालयका प्रतिनिधिसहितको समितिले उखुको न्यूनतम समर्थन मूल्य तोकेको हो । स्रोतका अनुसार उक्त समितिले प्रतिक्वीन्टल उखुको मूल्य पाँच सय ३६ रुपैयाँ ५६ पैसा सिफारिस गरेको छ ।
गत मंसिरमै मूल्य तोक्नुपर्ने भए पनि चुनाव, चिनीको भन्सार बढाउनुपर्ने व्यवसायीको माग लगायतका कारण ढिलाइ हुँदै आएको थियो ।
कृषि मन्त्रालयका अनुसार उत्पादन लागत, २० प्रतिशत नाफा, कर लगायतलाई आधार लिएर उक्त न्यूनतम समर्थन मूल्य तोकिएको हो ।
यसका लागि मन्त्रालयले विभिन्न चरणमा किसान र उद्योगीसँग छलफल गरेको थियो । मन्त्रालयले सिफारिस गरेको प्रतिक्वीन्टल न्यूनतम समर्थन अहिलेको भन्दा पाँच रुपैयाँ बढी हो ।
हालसम्म यस्तो समर्थन मूल्य प्रतिक्वीन्टल पाँच सय ३१ रुपैयाँ छ ।
कृषि मन्त्रालयका अनुसार उक्त न्यूनतम समर्थन मूल्यमा किसानको सहमति रहे पनि उद्योगीले भने चिनीको भन्सार महसुल नबढाएसम्म सरकारको निर्णय नमान्ने बताएका छन् ।
कम भन्सार दरका कारण आयातीत चिनी सस्तो हुँदा स्वदेशी उद्योग मारमा परेको भन्दै उद्योगीले चिनीको भन्सार ५० प्रतिशत पुर्‍याउनुपर्ने माग गर्दै आएका छन् ।
उद्योगीको उक्त मागका सम्बन्धमा अध्ययन गरी भन्सार महसुल बढाउने सम्बन्धमा निर्णय गर्न अर्थ मन्त्रालयले समिति नै गठन गरे पनि हालसम्म उक्त समितिले ठोस निर्णय गरिसकेको छैन ।
कृषि मन्त्रालयले गरेको सिफरिस बमोजिम त्यसको प्रस्ताव मन्त्रिपरिषदमा पठाउने तयारी उद्योग मन्त्रालयले गरेको छ । मन्त्रिपरिषद्ले स्वीकृत गरेपछि यो निर्णय लागू हुनेछ ।

March 9, 2018

बाराको कोल्हवीमा आजदेखि ३ दिने माछा महोत्सव शुरु


अनिल प्रित ÷२५ कोल्हवी बारा
माछा व्यवसायी संघ बाराको आयोजनामा आजदेखि ३ दिने माछा महोत्सव बाराको कोल्हवीमा शुरु भएको छ ।
महोत्सवको आज एक कार्यक्रमकाबिच कोल्हवी नगरपालिकाका नगर प्रमुख भरतबहादुर भण्डारीले उद्घाटन गर्नुभयो । महोत्सवको उद्घाटन गर्दे भण्डारीले कोल्हवीलाई समृद्ध नगरपालिका बनाउने प्रतिवद्धता समेत जनाउनुभयो । ‘यहा गर्नुपर्ने धेरै कुराहरु छन , कृषिको हिसावले पनि गर्नुपर्ने धेरै छ, यी सबैलाई समेटेर कोल्हवीलाई समृद्ध बनाउनेतिर मेरो ध्यान जानेछ’ उहाले भन्नुभयो र हामी यस्ता किशिमका महोत्सवमा सधैभरी साथ, सहयोग र समर्थन गर्न तयार छौ’ उहाले भन्नुभयो ।
 मन्तब्यको क्रममा करैयामाई गाउपालिकाका अध्यक्ष भुवनेश्वर धामीले यस्ता महोत्सवले बाराको पहिचान थप स्थापित हुने बताउनुभयो । बारालाई राष्ट्रिय स्तरसम्म चिनाउन माछा व्यवसायी संघले खेलेको भुमिकाको प्रशंसा गर्दे उहाले महोत्सवलाई आफुले सक्ने सहयोग गर्ने प्रतिवद्धता समेत जनाउनुभयो ।
त्यसतै , माछा व्यवसायी संघ बाराका अध्यक्ष जंगबहादुर शाहले सबैको साथ र सहयोगले कोल्हवीमा आफुहरु महोत्सव गर्न सफल भएकोभन्दै आगामी दिनमापनि यस्तै साथ र सहयोगको अपेक्षा गरेको बताउनुभयो । कार्यक्रममा माछा व्यवसायी महासंघका केन्द्रिय अध्यक्ष अम्बिका अधिकारी, केन्द्रिय बरिष्ठ उपाध्यक्ष मधुसुदन अधिकारी, माछा व्यवसायी महासंघ बाराका सचिव रबिन्द्र चौधरी लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमकाबिच संघले बिभिन्न व्यक्तित्वहरुलाई सम्मान गरेको छ । संघले सुर्य कमल प्रा.लि बल्खु कृषि तरकारी बजारका निर्देशक रामकृष्ण कुवर र श्रेष्ठ एग्रिपुटका सञ्चालक गोविन्द श्रेष्ठलाई सम्मान गरेको हो । ३ दिनसम्म चल्ने महोत्सवमा माछाका बिभिन्न स्टलहरु राखिएको छ । महोत्सवमा स्थानीय तथा राष्ट्रिय कलाकारहरुले आफ्नो प्रस्तुती देखाईरहेका छन् ।

हजारौ दर्शकको उपस्थितिमा राष्ट्रिय तथा स्थानिय कलाकारहरुले आफ्नो प्रस्तुती दोश्रो दिन र तेश्रो दिन २७ गते राष्ट्रिय स्तरका मत्सय अन्तरकृया गोष्टी हुने आयोजकले बताए । महोत्सवको उद्घाटन समारोह अघि कोल्हवी नगरपालिकाको कार्यालय अगाडीबाट सोभा यात्रा निकालिएको थियो । नगरपालिका कार्यालय अगाडीबाट शुरु भएको सोभा यात्राले कोल्हवी बजार परिक्रमा गरेको थियो ।

माछा व्यवसायी संघ बाराका अध्यक्ष जंगबहादुर शाहको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन पत्रकार प्रदिप गौतमले गर्नुभएको थियो । कार्यक्रममा संघका बरिष्ठ उपाध्यक्ष बिरेन्द्र चौधरीले स्वागत मन्तब्य व्यक्त गर्नुभएको थियो । भने पहिलो माछा तथा कृषि महोत्सव कलैयामा गरेको थियो ।

March 7, 2018

हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना ।

नेपाली रेडियो नेटर्वकको लागी प्रदेश नं. २ अन्र्तगत  बाराको कोल्हवी बाट प्रसारण हुने रेडियो संगम १०५.५ मेगाहर्ज को प्रबन्ध निर्देशक मुकेश कुमार जैसवाल ज्यू प्रदेश सदस्यमा नियुक्त हुनु भएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना ।

March 1, 2018

होली पर्वको शुभकामना आदान प्रदान कार्यक्रम कोल्हवीमा सम्पन्न

 


कोल्हवी १६ फागुण
   बाम गठबन्धन युवा संघ कोल्हवी बारा द्वारा आयोजित होली पर्वको शुभकामना आदान प्रदान कार्यक्रम एक कार्यक्रमका विच सम्पन्न ।
      उघोग वाणिज्य संघ  साखा कोल्हवीको सभा हलमा सम्पन्न कार्यक्रमा सभापति हरिनरायण चौधरी रहेका थिए भने ।  प्रमुख अतिथिमा पूर्व युवा तथा खेलकुद मन्त्री पुरुषोतम पैडेल , बिशिष्ठ अतिथीमा जिल्ला सचिवालय कमिटी एमालेका केवल प्रसाद चौधरीे र  पोलीट व्युरो सदस्य माओवादी केन्द्रका तपेश्वर राय थारु । अतिथीमा सचिवाल्य सदस्य यमालेका ढुन्ढीराज उप्रेति , नगर कमीटी संयोजक एमालेका पृथ्वी राज सीवाकोटीे , राष्ट्रिय स्वास्थय कमिटी संघ जिल्ला कार्य समिती सदस्य किशोर चौधरी , युवा संघ सदस्य जिल्ला कमिटी दिलीप चौधरी, रेडियो संगमका स्टेशन म्यानेजर अनिल प्रित,  जगदेव चौधरी, यादोलाल चौधरी , भगल बन्ठा, बिनोध चौधरी , इन्दिरा देवकोटा , रन्जीत चौधरी , नविन चौधरी, विरेन्द्र पनुहर, प्रवेज हुुसेन , कृष्ण ढाकाल , भेष बहादुर ढकाल लगाएत करिब २ सय जाना कार्यकर्ताको उपस्थिीती रहेका थिए ।
    भेलामा प्रमुख अतिथि पूर्व युवा तथा खेलकुद मन्त्री पुरुषोतम पैडेलले होलीको शुभकामना बक्त गर्दै भने अबको ५ बर्षमा बामले नै देशको विकाशमा कायापल्ट गर्ने बताउनु भयो ।  पोलीट व्युरो सदस्य माओवादी केन्द्रका तपेश्वर राय थारुले होलीको बारेमा प्रकाश पारेका थिए भने कार्यक्रम सन्चालन नन्देश्वर चौधरीले गरेका थिए ।