Time

खेल समाचार

सिमरा गोल्डकप : टाइव्रेकरमा जित निकाल्दै मोरङ्ग सेमिफाईनलमा 



सिमरा : आयोजक नवजनजागृती यूवा क्लबलाई टाइव्रेकरमा पराजित गर्दै मोरङ्ग फुटबल क्लब विराटनगर सिमरामा जारी नवौं रुस्लान सिमरा गोल्डकपको सेमी फाईनलमा प्रवेश गरेको छ ।



शनिवार भएको पहिलो क्वाटर फाईनलमा आयोजक विरुद्ध टाईव्रेकरमा ४–१ को जित निकाल्दै मोरङ्ग पहिलो सहभागितामै प्रतियोगिताको सेमी फाईनलमा पुग्न सफल भयो । 
टाईव्रेकरमा मोरङ्गका निरज बस्नेत, बुद्धिमान राई, विक्रम लिम्बु र दिपक राईले गोल गरे भने आयोजक नवजनजागृतीका विजय श्रेष्ठ बाहेक अन्य खेलाडीले गोल गर्न सकेनन् । टाइव्रेकरमा आयोजकका मानबहादुर तामाङ र शौरभ मगरको प्रहारले पोष्टको दिशा लिन नसक्दा घरेलु समर्थकका माझ आयोजक निराश बन्यो । 
निर्धारित ९० मिनटको खेल एक–एकको बराबरीमा सकिएपछि खेल टाईव्रेकरमा धकेलियो । समय अभावका कारण अतिरिक्त समयको खेल नगराई सिधै टाईव्रेकरबाट नतिजा निकालिएको हो । 
यसअघि खेलको ६५ औं मिनटमा नवजनजागृतीका विजय श्रेष्ठ र ७५ औं मिनटमा मोरङ्गका भुवन बस्नेतले एक एक गोल गरेका थिए । 
खेलको ६५ औं मिनटमा अफ्रिकि खेलाडी भिक्टरको प्रहार मोरङका डिफेन्डर सुरेन खवासले बचाउ गर्दा रिवाउण्ड बललाई आयोजकका विजय श्रेष्ठले गोलमा परिणत  गरे । डि–एरियामा पाएको अवसर सदुपयोग गर्दै विजयले टिमलाई अग्रता दिलाए । मोरङका रक्षक सुर्य क्षत्री अगाडि बढ्दा आयोजकले फाईदा उठाएको थियो ।
खेलको ७५ औं मिनटमा योगेश गुरुङको पास सदुपयोग गर्दै भूवन बस्नेतले बराबरी गोल गरे । 
खेलको पहिलो हाफमा आयोजकलाई पुरै समय दवावमा राखेपनि मोरङले अग्रता लिन सकेन । खेलको सातौं मिनटमा मोरङका भुवन बस्नेतले आयोजकका किपर विट गरेरपनि गोल गर्ने अवसर गुमाए । भूवनको प्रहार क्रसबार माथी गयो ।
खेलको आठौं मिनटमा कर्ण लिम्बुले पेनाल्टी एरियामा निकालेको पास सुसिल राईले सम्हाल्न नसक्दा मोरङले अर्को अवसर गुमायो । 
खेलको २१ औं मिनटमा भूवन बस्नेतको क्रसमा शुसिल राईले गरेको अर्को प्रहार खेर गयो । डि बक्स भित्रैबाट शुसिलले गरेको प्रहार पोष्ट नजिकबाट बाहिरीयो ।
खेलको ३७ औं मिनटमा आयोजकका विश्वास उदासले मोरङका शुसिल राईलाई फाउल गरेपछि पाएको फ्रिकिकमा मोरङले गोल गर्न सकेन । दिपक राईको उत्कृष्ट फ्रिकिक बल गोल लाईन नजिक पाएपनि भुवन बस्नेतले सम्हाल्न नसक्दा मोरङको अर्को अवसर गुम्यो । 
खेलको ५५ औं मिनटमा जनजागृतीका किपर विट गरेका मोरङका कर्ण लिम्बुको अर्को प्रहार खेर गयो । लिम्बुको प्रहार आयोजकका भिक्टर आमोहिले गोललाईनबाट क्लियर गरे ।
दोश्रो हाफ पछि लयमा देखिएको आयोजकले अग्रता जोगाउन नसक्दा प्रतियोगिताबाट बाहिरीयो । पहिलो हाफमा मोरङ हावि भएपनि आयोजकले पाएका केहि अवसर गुमाएको  थियो । खेलको ३२ औं मिनटमा भिसन गुरुङको शसक्त प्रहार क्रसबारबाट रिवाउण्ड भयो । 
खेलको ६१ औं मिनटमा जनजागृतीका भिक्टरको क्रसमा धिरज श्रेष्ठको हेडिङ मोरङका गोलरक्षकले बचाउ गरे । 
खेलको म्यान अफ दि म्याच नवजनजागृतीका सुरजसिंह ठकुरी घोषित भए । आइतबार  नेपाल आर्मीको त्रिभूवन आर्मी क्लब र सशस्त्र प्रहरीको नेपाल एपिएफ क्लब विच दोश्रो क्वाटर फाईनल खेल हुनेछ ।  
घरेलु मैदानमा पराजय वेहोर्दै प्रतियोगिताबाट बाहिरीएको आयोजकका प्रशिक्षक नविन महर्जनले खेलाडीको तालमेल नमिल्दा हार वेहोर्नुपरेको बताए । अग्रता जोगाउन नसक्नु ठुलो दुर्भाग्य रहेको बताउँदै टाईव्रेकरमा टिमलाई लकले साथ नदिएको बताए ।
मोरङका प्रशिक्षक पारश चौधरीले आफ्नो टिमले जितेपनि खेलाडीको प्रदर्शन चित्त बुभ्m्दो नभएको बताए । फिनिसिङमा चुक्दा जितका लागि टाईव्रेकरमा पुग्नुपरेको भन्दै सेमी फाईनलमा सुधारिएको खेल पस्कने प्रतिकृया दिए । मोरङले अब सोमबार हुने थ्रिस्टार र सुदुरपस्चिम ११ विचको विजेता संग फाईनल प्रवेशका लागि खेल्ने छ ।

0 comments:

Post a Comment