Time

February 1, 2018

पिपरा गोल्ड कपमा मकवानपुर फाईनलमा प्रवेश

कोल्हवी, १७ माघ । सृजनशील युवा क्लब पिपरा बाराको आयोजना भईरहेको दोश्रो पिपरा गोल्डकपको आज पहिलो सेमिफाईनल खेलमा जित हासिल गर्दै मकवानपुर ११, हेटौँडा फाईनलमा प्रवेश गरेको छ । मकवानपुर ११ र ए.पि.एफ रुद्रवाहिनी बिच भएको खेलमा मकवानपुरले १–० गोलले जीत हासिल गरेको हो ।
पहिलो हाफको ४० मिनेटमा मकवानपुरका तर्फबाट जर्सि नं. ७ का अमिर श्रेष्ठले निर्णायक एक गोल गरेका हुन् । निकैनै प्रतिस्प्ररधात्मक खेलमा अमिर श्रेष्ठले गरेको गोलले नै मकवानपुरलाई जित दिलायो । खेलको म्यान अफ दि म्याच हेटैडाका अमिर श्रेष्ठ घोषित भए । उनलाई आयोजकका संजय धामी थारुले ट्रफि प्रदान गरेका थिए ।
प्रतियोगितामा प्रथम हुने टिमले नगद रु. १ लाख ५० हजार र दोश्रो हुने टिमले नगद रु.७५ हजार प्राप्त गर्नेछन् । साथै १९ गते रेष्टका दिन महिला टिम चन्द्रपुर र गाईघाट बिच मैत्रिपुर्ण खेल हुनेछ । भोलि बिहिबारकोे अर्को सेमिफाईनल खेल बारा ११ र बि.एफ.सी भरतपुर चितवन भिडने आयोजकले जनाएको छ ।

0 comments:

Post a Comment